शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरमा छुट


    हुलाक प्रेस

    • बुधबार, साउन १६ २०८११०:०३
    कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरमा छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकरुलाई काठमाडौंको गोल्फुटारमा रहेको डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिमा विभिन्न सेवाहरु लिएवापत विशेष छुट दिइने भएको छ ।

    कुमारी बैंक लिमिटेड र डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिबीच भएको सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिएपछि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्कोम छुट पाउने भएका छन् ।

    यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकले अपेक्षा गरेको छ ।

    विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटीएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरु मार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।


    प्रतिक्रिया दिनुहोस