शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रियगान गाएर दैनिक सेवा प्रवाह गर्दै बर्दघाट पालिका


    हुलाक प्रेस

    • बिहीबार , साउन १७ २०८११०:५९
    राष्ट्रियगान गाएर दैनिक सेवा प्रवाह  गर्दै बर्दघाट पालिका

    नवलपरासी । बर्दघाट  नगरपालिकाले  सामूहिक रूपमा राष्ट्रिय गीत गायनपछि मात्र दैनिक सेवा प्रवाह गर्न थालेको छ । 

    हरेक दिन ठीक १०ः०० बजे सबै कर्मचारीहरूको उपस्थितिमा राष्ट्रपतिसम्मान जनाउँदै राष्ट्रिय गीत गाएर कार्य थालिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए  । 

    प्रदीपकुमार राई (ब्याकुल माइला)को रचना तथा सङ्गीतकार अम्बर गुरूङको सङ्गीतमा देशका चर्चित कलाकारले सामुहिक रूपमा श्वाराङ्कन गरेको ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली।’

    कार्यालयमा विद्युतीय उपकरणबाट बजाउने व्यवस्था मिलाइएको छ । हरेक दिन कार्यालय समय प्रारम्भ हुनेवित्तिकै जनप्रतिनिधि कर्मचारी राष्ट्रिय गान गाउँछन् । 

    राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही र कर्मचारीहरूमा राष्ट्रप्रतिको सम्मान बढ्ने नगरप्रमुख श्रेष्ठको बताउँछन् । 

    लुम्बिनी प्रदेशमा यस अगावै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक राष्ट्रिय गान साथै पालिका गान गाएर  सेवा प्रवाह गर्दै आएको छ ।  


  • सम्बन्धित विषय:

  • # #nationalanthem
  • # #bardaghat
  • प्रतिक्रिया दिनुहोस