शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • १२ वर्ष जेल सजाय पाएका बलात्कार मुद्दाका कैदी कोशी अस्पतालबाट फरार 


    हुलाक प्रेस

    • बिहीबार , साउन १७ २०८१११:३७
    १२ वर्ष जेल सजाय पाएका बलात्कार मुद्दाका कैदी कोशी अस्पतालबाट फरार 

    काठमाडौं । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदी कोशी अस्पतालबाट फरार भएका छन् । 

    पेट दुखेर उपचारका लागि मंगलबार कोशी अस्पताल भर्ना गरिएका विराटनगर महानगरपालिका - ८ का २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद बिहीबार बिहान सवा ५ बजेतिर अस्पतालबाट फरार भएको प्रहरीले जनाएको छ । 

    कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार अहमदलाई पेट दुखेर मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो ।

    शाौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले बताएको छ ।

    जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो ।

    भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गरेर नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ ।

     

     


    प्रतिक्रिया दिनुहोस