शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • यी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह


    हुलाक प्रेस

    • शुक्रबार, साउन १८ २०८११०:४१
    यी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।

    यस दिन इलाम, झापा, सिन्धुपाल्चोक, दोलखा, कास्की, लमजुङ र गोरखा भई बहने अधिकांश साना नदीमा बहाव बढ्नेछ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने महाशाखाको अनुमान छ ।

    सुनसरी, मोरङ, पाँचथर, धनकुटा, तेहथुम, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, पर्वत, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, बाजुरा, बझाङ, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुला भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।

    अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा समेत जलसतह बढ्दो हुनेछ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि बढ्दो हुने महाशाखाको अनुमान छ ।


    प्रतिक्रिया दिनुहोस