कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२.९१ प्रतिशत उत्तीर्ण
हुलाक प्रेस
शुक्रबार, साउन १८ २०८१११:४७
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । साथै ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् ।