शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • आज कुन- कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना ?


    हुलाक प्रेस

    • शनिबार, साउन १९ २०८१०७:२०
    आज कुन- कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना ?

    काठमाडौं । देशका केही भू–भागमा आज वर्षा सम्भावना छ । देशभर आंशिकदेखि साधारणतया बदली हुँदा बिहान कोसी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

    विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव छ ।  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । 


    प्रतिक्रिया दिनुहोस