बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अदालतबाट तलब बढाउ भनेर फैसला आए पनि कार्यान्वयन गर्न सकिदैनः प्रधानमन्त्री ओली


    हुलाक प्रेस

    • शनिबार, साउन १९ २०८१०९:२५
    अदालतबाट तलब बढाउ भनेर फैसला आए पनि कार्यान्वयन गर्न सकिदैनः प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक क्षमतालगायतको अवस्था हेरेर न्यायालयले फैसला गर्नु पर्ने बताएका छन् ।

    सिंहदरबारमा शुक्रबार साँझ नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलसँग भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्रको स्थिति नहेरी गरिने फैसला कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।

    छलफलका क्रममा एक उदाहरण दिंदै उनले अर्थतन्त्रको स्थिति तनखा बढाउन सक्ने खालको छैन भने यतियति तलब बढाऊ भनेर तिथिमिति तोकेर फैसला आएमा कार्यान्वयन गर्न व्यवहारिकरुपमा समस्या हुने टिप्पणी गरे ।

    उनले न्यायालयको पुनर्संरचना र सुधार गर्दा सम्बन्धित सबैको आनीबानी र व्यवहारमा पनि पुनर्संरचना गर्नुपर्ने बताए ।


    प्रतिक्रिया दिनुहोस