शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नारायणी किनारमा हिँडिरहेका व्यक्तिमाथि बाघको आक्रमण


    हुलाक प्रेस

    • आइतबार, साउन २० २०८१०८:१३
    नारायणी किनारमा हिँडिरहेका व्यक्तिमाथि बाघको आक्रमण

    चितवन । बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन् । प्रातभ्रमणका क्रममा श्रेष्ठ आक्रमणमा परेका हुन् ।

    भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ । 


    प्रतिक्रिया दिनुहोस