शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सामाजिक सुरक्षा कोषमा आबद्ध हुने तर निरन्तरता नदिने धेरै


    हुलाक प्रेस

    • आइतबार, साउन २० २०८१०२:०२
    सामाजिक सुरक्षा कोषमा आबद्ध हुने तर निरन्तरता नदिने धेरै

    काठमाडौँ । वैदेशिक रोजगारीमा गएकाहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि त्यसलाई निरन्तरता नदिएको पाइएको छ । कोषका अनुसार कोषमा योगदान गरेर वैदेशिक रोजगारीमा गएकामध्ये दुई/तीन प्रतिशतले मात्रै निरन्तरता दिएका छन् ।

    श्रम स्वीकृति लिएर जानेको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको सङ्ख्या १० लाख नाघेको छ । कोषमा हाल जम्मा भएको रकम हेर्दा पनि कसैले पनि एक पटकभन्दा बढी रकम जम्मा नगरेको तथ्याङ्कले देखाउँछ । कोषमा दुई अर्ब ३२ करोड ७१ लाख ५१ हजार रकम जम्मा भएको देखिन्छ ।

    कोषका अनुसार कोषको योजनामा हालसम्म १५ लाख ११ हजार ८०५ जना आबद्ध छन् । जसमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १० लाख ११ हजार ८०५ जना रहेको छ भने औपचारिक क्षेत्रका पाँच लाख १६ हजार ७७७ जना आबद्ध भएका छन् ।

    तर कोषमा हाल जम्मा भएको रकम हेर्दा कसैले पनि एक पटकभन्दा बढी रकम जम्मा नगरेको तथ्याङ्कले देखाएको छ ।

    वैदेशिक रोजगारीमा जानेलाई यसको फाइदाबारेमा जानकारी दिन नसकेकाले पनि यसमा निरन्तरतामा समस्या भएको हुन सक्ने कोषले जनाएको छ । तर अब यसलाई अभियानकै रूपमा अघि बढाउन लैजान विभिन्न कार्यक्रम अगाडि सारिएको कोषले जनाएको छ ।

    वैदेशिक रोजगारीमा नयाँ जाने श्रमिक श्रम स्वीकृति पूर्व कोषको योजनामा अनिवार्य आबद्ध हुने गरेका छन् । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुनसक्ने भनिएको छ । 


    प्रतिक्रिया दिनुहोस