शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सातवटै प्रदेशमा धेरै भारी वर्षाको सम्भावना


    हुलाक प्रेस

    • मंगलबार, साउन २२ २०८१०८:४३
    सातवटै प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    काठमाडौं । देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा समेत भइरहेको छ । 

    देशभर साधारणतया बदली रहँदा कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी र मोरङका केही स्थानमा भारी वर्षा भइरहेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

    विभागले राति देशभर साधारणतया बदली रहने जनाएको छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 


    प्रतिक्रिया दिनुहोस