शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सप्तरीको रूपनीमा भारी वर्षा, दिउँसो २ बजेसम्म सावधानी अपनाउन आग्रह


    हुलाक प्रेस

    • मंगलबार, साउन २२ २०८१०८:४७
    सप्तरीको रूपनीमा भारी वर्षा, दिउँसो २ बजेसम्म सावधानी अपनाउन आग्रह

    काठमाडौं । सप्तरी जिल्लाको रूपनी बजार र आसपास भारी भएको छ । उक्त क्षेत्रमा थप वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भएर बहने मौली खोला, खाडो खोलालगायत अन्य साना खोलामा बहाव बढ्ने विभागको भनाइ छ । 

    नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ ।  


    प्रतिक्रिया दिनुहोस