शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्यमा व्यापक गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • मंगलबार, साउन २२ २०८१०९:२०
    सुनको मूल्यमा व्यापक गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?

    काठमाडौं । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य १.३० प्रतिशत अर्थात प्रतिऔंस ३२.०४ डलरले घटेको छ ।  
    यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४०९.२३ डलरमा कारोबार भईरहेको छ ।  

    आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ४.५० प्रतिशत अर्थात प्रतिऔंस १.२९ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २७.२३ डलरमा कारोबार भईरहेको छ ।  

    नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस