बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मुहम्मद युनिस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख


    हुलाक प्रेस

    • बुधबार, साउन २३ २०८१०८:४७
    मुहम्मद युनिस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख

    काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनिस बनेका छन् । उनले मंगलबार अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।

    युनिसले भनेका थिए, “यति धेरै त्याग गर्ने विद्यार्थीले मलाई यो कठिन घडीमा पाइला चाल्न अनुरोध गरिरहेका छन्, म कसरी इन्कार गर्न सक्छु ?” 

    नोबेल शान्ति पुरस्कार विजेता युनिस बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुने राष्ट्रपतिको कार्यालयले घोषणा गरेको बीबीसीले जनाएकाे छ ।

    आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी बैठकले युनिसलाई अन्तरिम सरकारको प्रमुख बनाउने  निर्णय गरेकाे  बताइएको छ । 


    प्रतिक्रिया दिनुहोस