शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग नियमित सञ्चालनमा


    हुलाक प्रेस

    • बुधबार, साउन २३ २०८१०१:२७
    पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग नियमित  सञ्चालनमा

    चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग नियमित सञ्चालनमा आएको छ ।

    पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ नाग्दीखोलामा आज बिहान खसेको पहिरो पन्छ्याएर ११ः३० बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार लामो समयसम्म सडक अवरुद्ध बनेका कारण रोकिएका सवारी साधन पार गराएर दुवैतर्फ सडक खुलाउने काम गरिने छ ।

    बिहान ७ः३५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । 
    रासस


    प्रतिक्रिया दिनुहोस