शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • रुस–युक्रेन युद्धमा माएिका पाँच जना नेपालीको अस्थि पशुपतिमा सेलाइयो


    हुलाक प्रेस

    • बिहीबार , साउन २४ २०८१०६:३३
    रुस–युक्रेन युद्धमा माएिका पाँच जना नेपालीको अस्थि पशुपतिमा सेलाइयो

    काठमाडौं ।  रुस–युक्रेन युद्धमा माएिका पाँच जना नेपालीको अस्थि नेपाल आइपुगेको छ ।

    रुसी सेनामा भर्ना भएर रुस–युक्रेन युद्धमा माएिका कास्कीका देवन राई, स्याङ्जाका पितम कार्की, स्याङ्जाका हरिप्रसाद अर्याल, स्याङ्जाका गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार शाहको अस्थि नेपाल आइपुगेको हो ।

    रुसी सेनामा मारिएका नेपालीहरुको अस्थि पहिलो पटक नेपाल आइपुगेको हो ।  बुधबार रुसबाट आएको मृतकको अस्थि बुझेको मृतकका परिवारले जनाएका छन् ।

    उनीहरुले बिहीबार सामूहिक रुपमा अस्थि पशुपतिको आर्यघाटमा सेलाएको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन् । मृतकका परिवारले भने यसअघि नै कुशको शव बनाएर दाहसंस्कार गरिसकेका थिए ।


    प्रतिक्रिया दिनुहोस