बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • न्याय परिषद्को बैठक आज बस्दै, ३५ जिल्ला न्यायाधीश नियुक्तिको तयारी


    हुलाक प्रेस

    • शुक्रबार, साउन २५ २०८१०७:२८
    न्याय परिषद्को बैठक आज बस्दै, ३५ जिल्ला न्यायाधीश नियुक्तिको तयारी

    काठमाडौं । न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीश नियुक्तिको तयारी गरेको छ ।

    न्याय परिषद्को स्रोतले दिएको जानकारी अनुसार न्याय परिषद्का पदाधिकारीबीच अनौपचारिक छलफलमा न्याय, सरकारी वकिल र कानुन समूहबाट कति जना समावेश गर्ने भन्ने टुंगो लागेको छ ।

    हालसम्म तय भएको सूचीअनुसार, २५ जना अदालतकै कर्मचारीहरूबाट न्यायाधीश बन्ने भएका छन् । त्यसपछि सरकारी वकिल समूहबाट ६ जनाले न्यायाधीश बन्ने अवसर पाउँदै छन् । नेपाल सरकारका कानुन अधिकृतहरूबाट ४ जना न्यायाधीश बन्नेछन् । 

    न्याय परिषद्को बैठक शुक्रबार बोलाइएको छ । सोही बैठकले जिल्ला अदालतमा न्यायाधीश नियुक्ति र पदस्थापनका लागि सिफारिस गर्ने तयारी छ ।


    प्रतिक्रिया दिनुहोस