शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • भारतीय विदेशसचिव र अमेरिकी उपसचिव रिजर्ड नेपाल आउँदै


    हुलाक प्रेस

    • शुक्रबार, साउन २५ २०८१०७:१०
    भारतीय विदेशसचिव र अमेरिकी उपसचिव रिजर्ड नेपाल आउँदै

    काठमाडौं । भारत र अमेरिकाबाट दुई उच्चस्तीरय प्रतिनिधिमण्डल नेपाल आउने भएका छन् । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि दुई देशबाट पहिलो उच्चस्तरीय भ्रमण हन लागेको हो ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नयाँ भारतीय विदेश सचिव विक्रम मिश्रीको परिचयात्मक भ्रमणका लागि आगामी आइतबार नेपाल आउने कार्यक्रम रहेको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिश्री नेपाल आउन लागेका हुन् । मिश्री साउन २७ गते नेपाल भ्रमणमा आउने कार्यतालिका छ ।

    मार्च २०२० देखि अप्रिल २०२२ सम्म नेपालका लागि भारतीय राजदूतको रूपमा काम गरेका विनय मोहन क्वात्राको स्थानमा मिसरीले जुलाई १५ मा विदेश सचिवको जिम्मेवारीमा आउका थिए । पदभार ग्रहण गरेपछि मिश्रीले जुलाई १८ मा भारतको उच्च प्राथमिकता रहेको दक्षिण एसियाली हिमाली राष्ट्र भुटानको पहिलो परिचयात्मक भ्रमण गरे । भारत र भुटानबीचको उच्चस्तरीय नियमित आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमणले भारत सरकारले आफ्नो ’छिमेकी पहिलो’ नीतिलाई उच्च प्राथमिकता दिएको कुरालाई जोड दिन्छ,’ भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    भ्रमणको क्रममा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ । सचिव मिस्रीलाई चीनको जानकार मानिन्छ । मिश्री चीनका लागि भारतका राजदूत थिए (२०१९-२०२१) र उनले २०२० गलवान उपत्यका झडप पछि भारत-चीन छलफलमा ठूलो भूमिका खेलेका थिए ।

    उनी ५९ भारतका प्रधानमन्त्री सन् १९९७ मा इन्द्रकुमार गुजराल, सन् २०१२ मा मनमोहन सिंह र सन् २०१४ मा नरेन्द्र मोदीको निजी सचिवालयमा समेत काम गरिसकेका छन् ।

    नयाँ परराष्ट्र सचिवहरूले आफ्नो पदभार ग्रहण गरेपछि दक्षिण एसियाका विभिन्न देशमा आफूलाई अपडेट गर्न  र जानकारी लिनका लागि पनि भ्रमण गर्ने गर्छन् । मिश्रीको नेपाल भ्रमण पनि परिचयात्मक रुपमा हुन लागेको हो ।

    त्यसैगरी, वाशिङटन डिसीले सञ्चार र व्यवस्थापन तथा स्रोतका उपसचिव रिचर्ड आर वर्मा अगस्टको मध्यमा काठमाडौंको भ्रमण गर्ने जानकारी दिएको छ । तर परराष्ट्र मन्त्रालयका स्रोतले भने रिचर्डको भ्रमणबारे कुनै कुरा खुलाउन चाहेको छैन । नेपालमा केपी ओलीले सरकार सम्हालेपछि अमेरिकाबाट नेपाल भ्रमण गर्ने उनी सबैभन्दा वरिष्ठ अधिकारी हुनेछन् ।

    यस वर्षको अप्रिलमा रिपब्लिकन कांग्रेसका बारियन मस्तले अमेरिकी सरकारले नेपालमा नास्तिकतालाई बढावा दिन आधा मिलियन अमेरिकी डलर खर्च गरेको दाबी गरेपछि वर्मा चर्चामा आएका थिए । वर्माले निरीक्षण र उत्तरदायित्व सम्बन्धी सदनको विदेश मामिला उपसमितिको अगाडि सफाई दिएका थिए र यस्तो आरोप अस्वीकार गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस