बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बूढानीलकण्ठ आसपास भारी वर्षा, विष्णुमतिमा जलसतह बढ्दो


    हुलाक प्रेस

    • आइतबार, साउन २७ २०८१०७:१०
    बूढानीलकण्ठ आसपास भारी वर्षा, विष्णुमतिमा जलसतह बढ्दो

    काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टा काठमाडौं उपत्यकाको बूढानीलकण्ठ र आसपास भारी वर्षा मापन गरिएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार विष्णुमती, धोबीखोलामा जलसतह बढ्दो छ । सतर्कता तहमाथि पुग्न सक्ने अनुमान गरिएको छ ।

    नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आइतबार बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


    प्रतिक्रिया दिनुहोस