शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • जन्मकैद सजाय पाएका फरार खाँ पक्राउ


    हुलाक प्रेस

    • सोमबार, साउन २८ २०८१०३:४७
    जन्मकैद सजाय पाएका फरार खाँ पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले कर्तब्य ज्यान र डाँका मुद्दाको फरार प्रतिवादी पक्राउ गरेको छ ।

     प्रहरीले फरार रहेका बाँके जिल्ला खजुरा गाउँपालिका ५ बस्ने ३८ वर्षका नुर हसन खाँलाई पक्राउ गरेको हो । 

    बाँके जिल्ला अदालतले २०८० बैसाख १३ गते जन्मकैद सजाय सुनाएकोमा उनी सोही समयदेखि फरार थिए ।

    प्रहरीले २८ गते खाँलाई प्रकाउ गरि जिल्ला अदालत बाँकेमा पेश गरेको जनाएको छ । 

     


    प्रतिक्रिया दिनुहोस