झापा । अन्तराष्ट्रिय युवा दिवस २०२४ को उपलक्ष्यमा बि.एण्ड.सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको संयुक्त रूपमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
झापाको बिर्तामोड रहेको बि.एण्ड.सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालले श्रावण २८ गते अर्थात आज हस्पिटलको प्राङ्गणमा अन्तर्राष्ट्रिय युवा दिवस २०२४ संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रमा मुख्य अतिथिका रुपमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. निराजन प्रसाई र विशिष्ठ अतिथिको भुमिकामा ईलाका प्रहरी कार्यलय अनारमनीका प्रहरी निरिक्षक श्री दुर्गा बाहादुर भट्टराई ज्यु एवंम मेडिकल डाइरेक्टर डा. बिरेन्द्र कुमार यादवले भुमिका निर्वाह गर्नुभएको थियो।
नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला इन्चार्ज शिशिर दाहालका अनुसार रक्तदान कार्यक्रममा कुल ६० पिन्ट रक्त सङ्कलन भएको जानकारी दिनुभएको छ।
यस रविभिन्न झापा जिल्लाका संघ संस्था एवंम सामाजिक अभियन्ताहरुको बेजोड उपस्थिति रहेको थियो। सो कार्यक्रमले सामाजिक संगठन, स्थानीय समुदाय र रोगीहरुको उपचारमा उल्लेखनिय योगदान तथा महत्वपूर्ण भूमिका खेल्ने हुँदा उपस्थित व्यक्तित्वद्वारा आफ्नो भनाई राख्दै उक्त कार्यक्रम सु-सम्पन्न गरिनुका साथै नेपाल रेडक्रस सोसाइटीबाट प्राविधिक सहयोग रहेको थियो।
यस रक्तदान कार्यक्रमा ९० जना युवाहरुको उपस्थिति रहेको थियो। हरेका वर्ष उक्त अस्पतालले अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ।