बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गृहमन्त्री लेखकलाई गगनको प्रश्न- रवि लामिछानेविरुद्धको प्रमाण के हुँदैछ ?


    हुलाक प्रेस

    • मंगलबार, साउन २९ २०८१०४:१७
    गृहमन्त्री लेखकलाई गगनको प्रश्न- रवि लामिछानेविरुद्धको प्रमाण के हुँदैछ ?


    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीबाट बनेका गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएका छन् ।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लेखकले रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो भनेकोमा गृहमन्त्री भएपछि प्रमाण के भयो भन्दै प्रश्न उठाएका हुन् । 

    “माननीय रमेश लेखक मेरो पछाडि हुनुहुन्थ्यो । चैत १२ गते उहाँले रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा लिनुभएको छ । त्यसका विरुद्धमा पूरक उजुरी परेको छ । यो प्रमाण हो भन्नुभएको थियो,” थापाले भने, “उहाँ अहिले उता हुनुहुन्छ । यता हुँदा प्रमाण हुने उता पुगेपछि प्रमाण नहुने भन्ने हुँदैन ।” उनले आफूहरू जस्ता सांसद पनि रहेको भन्दै जता रहे पनि उही कुरा हुने बताए ।
     


    प्रतिक्रिया दिनुहोस