बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधिसभा बैठक बस्दै, के-के छ कार्यसूची ?


    हुलाक प्रेस

    • बुधबार, साउन ३० २०८११०:५५
    प्रतिनिधिसभा बैठक बस्दै, के-के छ कार्यसूची ?

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । 

    बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
     


    प्रतिक्रिया दिनुहोस