बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • संसदीय समिति बैठक : कुन समितिको कार्यसूची के छ ?


    हुलाक प्रेस

    • बिहीबार , साउन ३१ २०८१०८:२८
    संसदीय समिति बैठक : कुन समितिको कार्यसूची के छ ?

    काठमाडौं । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ । 

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । 

    भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल गर्ने बैठकको कार्यसूची छ । 

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस हुनेछ । उक्त प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । 


    प्रतिक्रिया दिनुहोस