बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने


    हुलाक प्रेस

    • बिहीबार , साउन ३१ २०८११०:३४
    राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

    काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बिहीबार बस्ने भएको छ ।

    दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्नेछन् ।

    बैठकमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषदबाट कार्यभार तोकिएको पत्रको व्यहोरा पनि सुनाउने कार्यसूचीमा उल्लेख छ ।


    प्रतिक्रिया दिनुहोस