बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दुईवटा संयुक्त समितिको सभापतिको निर्वाचन हुँदै


    हुलाक प्रेस

    • बिहीबार , साउन ३१ २०८११०:४०
    दुईवटा संयुक्त समितिको सभापतिको निर्वाचन हुँदै

    काठमाडौं । संघीय संसद्काे दुई संयुक्त समितिको बैठक आज बस्दै छ । बैठकले सभापति चयन गर्ने कार्यसूची छ । 

    दुई संयुक्त समितिको सभापतिका लागि उमेदवारी दर्ता भइसकेको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरेको उमेदवारी परेको छ । 

    संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उमेदवारी परेको हो । दुवै समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । 


    प्रतिक्रिया दिनुहोस