बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रियालबाट एमबाप्पेको ‘डेब्यु’मै उपाधि


    हुलाक प्रेस

    • बिहीबार , साउन ३१ २०८११०:४४
    रियालबाट एमबाप्पेको ‘डेब्यु’मै उपाधि

    काठमाडौं । फ्रान्सका फरवार्ड किलियन एमबाप्पेले स्पेनिस क्लब रियाल मड्रिडबाट ‘डेब्यु’ खेलमै उपाधि जितेका छन् । २५ वर्षीय फ्रेन्च फरवार्डले रियालबाट बुधबार यूईएफए सुपर कपको उपाधि जितेका हुन् ।

    सुपर कपमा रियालले इटालियन क्लब एट्लान्टाविरुद्ध २–० को जित निकाल्यो । रियाललाई जित दिलाउन फेडेरिको भाल्भार्डे र एमबाप्पेले गोल गरे ।

    खेलेको ६८औँ मिनेटमा भाल्भार्डेको गोलमा रियालले अग्रता बनाएको थियो । ६८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै रियालको अग्रता दोब्बर बनाए । यसपछि थप गोल नहुँदा रियाल २–० ले विजयी भयो ।

    सन् २०२३–२४ को सिजन सकिएपछि एमबाप्पेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँगको सहयात्रा टुंग्याएका थिए ।

    रियालले कीर्तिमानी छैटौँपटक सुपर कपको उपाधि जितेको हो ।


    प्रतिक्रिया दिनुहोस