बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दुई संसदीय समितिमा सर्वसम्मत सभापति चयन


    हुलाक प्रेस

    • बिहीबार , साउन ३१ २०८१०९:३०
    दुई संसदीय समितिमा सर्वसम्मत सभापति चयन

    काठमाडौं । संघीय संसदका दुई संयुक्त समितिले बिहीबार नेतृत्व पाएका छन् । 

    राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा एमाले सांसद ठाकुरप्रसाद गैरे र संसदीय सुनुवाइ समिति सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत चयन भए ।

    उनीहरुलाई बिहीबार नै सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथपछि सभामुख घिमिरेले नवनिर्वाचित सभापतिलाई बधाई तथा कार्यकाल सफलताको कामना व्यक्त गरे ।

    शपथपछि सञ्चारकर्मीसँगको कुराकानीमा नवनिर्वाचित सभापतिहरुले समितिको कार्यक्षेत्रभित्र रहेर उद्देश्य प्राप्तिमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।


    प्रतिक्रिया दिनुहोस