शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • आज कस्तो रहला दिनभरको मौसम, पानी पर्ने सम्भावना कहाँ-कहाँ छ ?


    हुलाक प्रेस

    • शुक्रबार, साउन ३२ २०८१०७:३९
    आज कस्तो रहला दिनभरको मौसम, पानी पर्ने सम्भावना कहाँ-कहाँ छ ?

    काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहँदा केही  स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ । बाँकी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।                                             

    विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    यसैबीच, पश्चिम नेपालका विभिन्न जिल्लामा गएराति वर्षा भएको छ । जाजरकोट, दैलेख, अछामसँगै गुल्मी, म्याग्दी,  बागलुङ, पर्वतमा वर्षा भएको छ । 

     


    प्रतिक्रिया दिनुहोस