बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • परराष्ट्रमन्त्रीको पाँच दिने भ्रमण स्वीकृत, आइतबार भारत जाने


    हुलाक प्रेस

    • शुक्रबार, साउन ३२ २०८१०४:०२
    परराष्ट्रमन्त्रीको पाँच दिने भ्रमण स्वीकृत, आइतबार भारत जाने

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भदौ २ देखि ६ गतेसम्म भारतको भ्रमण गर्ने भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीको पाँच दिने भारत भ्रमण स्वीकृत गरेको हो ।

    “परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई २०८१ भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने,” मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । 

    भारतका विदेश सचिव विक्रम मिश्रीले यही साउन २७ र २८ गते नेपालको भ्रमण गर्दा परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको निम्तो हस्तान्तरण गरेका थिए ।
     
    “परराष्ट्रमन्त्रीज्यू स्वास्थ्य उपचारका लागि भारत जान लाग्नु भएको हो,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।


    प्रतिक्रिया दिनुहोस