काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले तीन घर बगाएको छ । यस्तै ५ वटा घर र एउटा होस्टल जोखिममा परेको सोलुखुम्बु प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकको प्रहरीले जनाएको छ । हालसम्म ६ जना स्थानीयको उद्धार गरिएको प्रहरीले जनाएको छ ।