शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • भदौ ३ गते देशभर सार्वजनिक विदा, ४ गते बागमती प्रदेशमा सार्वजनिक विदा


    हुलाक प्रेस

    • शनिबार, भदौ १ २०८१०९:२३
    भदौ ३ गते देशभर सार्वजनिक विदा, ४ गते बागमती प्रदेशमा सार्वजनिक विदा

    काठमाडौं । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा बसेको बागमती प्रदेश सरकारको बैठकले आगामी भदौ ४ गते मंगलबार गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    २०७८ र २०७९ सालमा जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेकाले बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थिएन।

    यसैबीच जनैपूर्णिमा पर्वको अवसरमा यही भदौ ३ गते सोमबार संघीय सरकारले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 


    प्रतिक्रिया दिनुहोस