बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इङ्लिस प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात


    हुलाक प्रेस

    • शनिबार, भदौ १ २०८११०:४५
    इङ्लिस प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात

    काठमाडौं । डियोगो जोटा र मोहम्मद सलाहको गोलमा लिभरपुलले इङ्लिस प्रिमियर लिग (ईपीएल) मा विजयी सुरुवात गरेको छ। 

    शनिबार राति पोर्टम्यान रोडमा भएको खेलमा लिभरपुलले भर्खरै लिगमा बढुवा भएको इप्सविच टाउनलाई २–० गोल अन्तरले पराजित गरेको हो। 

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो। दोस्रो हाफको ५ मिनेटमा लिभरपुलले दुई गोल गरेको थियो। खेलको ६० औँ मिनेटमा मोहम्मद सलाहको पासमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। 

    खेलको ६५ औँ मिनेटमा सलाहले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। क्लबको २२ वर्षे इतिहासमा इप्सविच टाउनले पहिलो पटक शीर्ष लिग खेलेको हो। इप्सविचले पछिल्लो १२ महिनामा घरेलु मैदानमा पहिलो हार व्यहोरेको हो। इप्सविचले घरेलु मैदानमा खेलेको ४० लिग खेलमा दोस्रो पटक हार भोगेको हो। 

    जितसँगै लिभरपुल प्रिमियर लिग अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। इप्सविच टाउन अंकतालिकाको पुछारमा छ। 


    प्रतिक्रिया दिनुहोस