शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै


    हुलाक प्रेस

    • आइतबार, भदौ २ २०८१०८:४९
    परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै

    काठमाडौं । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यही आइतबार (आज) छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदै छिन् । उनका भारतीय समकक्षी डा.एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चारदिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ ।

    भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल गर्ने जनाइएको छ ।

    दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवं प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।


    प्रतिक्रिया दिनुहोस