बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रिय सभाको आजको बैठकमा टीआरसी विधेयक प्रस्तुत हुने


    हुलाक प्रेस

    • आइतबार, भदौ २ २०८१०९:१३
    राष्ट्रिय सभाको आजको बैठकमा टीआरसी विधेयक प्रस्तुत हुने

    काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दै छ। बैठक दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले जानकारी दिए ।

    बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची छ ।

    त्यसैगरी कानूनमन्त्री चौरसियाले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस