शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कुटपिट गरी श्रीमतीको हत्या


    हुलाक प्रेस

    • आइतबार, भदौ २ २०८१०२:२५
    कुटपिट गरी श्रीमतीको हत्या

    जलेश्वर (महोत्तरी) । महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताएका छन् । 

    स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् ।

    श्रीमतीसँगको घरायसी  झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा  निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस