शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • बझाङ पहिरोमा परेर एकै परिवारका ४ जनाको मृत्यु


    हुलाक प्रेस

    • सोमबार, भदौ ३ २०८१०९:३६
    बझाङ पहिरोमा परेर एकै परिवारका ४ जनाको मृत्यु

    धनगढी । बझाङमा पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । पहिरोमा परेर बुंगल नगरपालिका-१० को टुमेडाका एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

    सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीका अनुसार पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन् ।

    प्रहरीकाअनुसार राति करीब साढे १ बजेको समयमा एक्कासि वीरबहादुर धामीको घरमाथिबाट पहिरो गएको थियो । पहिरो गएको थाहा पाएपछि ६२ धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भएका छन् । स्थानीय १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी,१० वर्षीय राेशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस