बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता


    हुलाक प्रेस

    • सोमबार, भदौ ३ २०८१०९:१९
    भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता

    काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छिन् । उनले सोमबार साँझ  हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेकी हुन् । 

    परराष्ट्रमन्त्री राणाले भारतका प्रधानमन्त्री मोदीसँग सोमबार साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट भएको जानकारी दिएकी छिन् । भेटवार्तामा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको उनले बताइन् । 

    नेपालको परराष्ट्रमन्त्रीका रूपमा आफ्नो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरेको उनले उल्लेख गरेकी छिन् ।

    भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणाको मन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हो । 

     


    प्रतिक्रिया दिनुहोस