बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मोदीलाई भेटेपछि आरजुले भनिन्- नेपाल र भारतबीचकाे एतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा छ


    हुलाक प्रेस

    • सोमबार, भदौ ३ २०८१०९:३४
    मोदीलाई भेटेपछि आरजुले भनिन्- नेपाल र भारतबीचकाे एतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा छ

    काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको बताएकी छन् । सोमबार साँझ नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिष्टाचार भेटवार्तापछि परराष्ट्रमन्त्री राणाले सो कुरा बताएकी हुन् ।

    प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेकी छन् : ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’

    भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको समेत मन्त्री राणाले बताएकी छन् । 


    प्रतिक्रिया दिनुहोस