शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • मनसुनजन्य विपद् : मृतकको संख्या १९३ पुग्यो, २४१ जना घाइते


    हुलाक प्रेस

    • मंगलबार, भदौ ४ २०८११०:२३
    मनसुनजन्य विपद् : मृतकको संख्या १९३ पुग्यो, २४१ जना घाइते
    फाइल तस्वीर

    काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद‌्‌मा परेर आजसम्म १९३ जनाको मृत्यु भएको छ । 

    बाढी, पहिरोलगायतका विपद्‌मा परी काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, वाग्मती प्रदेशमा ३४, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी १९३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

    उनका अनुसार काठमाडौं उपत्यकामा ११, कोसी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, वाग्मती प्रदेशमा २४, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी २४१ जना घाइते भएका छन् ।

    बाढी, पहिरोका कारण काठमाडौं उपत्यकामा २८, कोसी प्रदेशमा ४९, वाग्मती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ११४ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।

    बाढी पहिरोमा परी कोसी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, वाग्मती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता भएका छन् । 

    बाढीको कारण आज दिउँसोसम्म जम्मा ३८४ घर डुबानमा परेका छन् । बाढी पहिरोले ३३३ वटा घर, ११६ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । 

    विपद्‌मा परी ८७० वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ८४२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले बताए । रासस


    प्रतिक्रिया दिनुहोस