बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल संवतलाई सरकारको दस्तावेजमा लेख्ने प्रधानमन्त्रीको घोषणा


    हुलाक प्रेस

    • शनिबार, कात्तिक २५ २०८०११:२०
    नेपाल संवतलाई सरकारको दस्तावेजमा लेख्ने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतलाई सरकारको दस्ताबेजमा उल्लेख गर्ने घोषणा गरेका छन् । 

    शनिबार काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए ।  

    प्रधानमन्त्री प्रचण्डले नेपाल संवत ११४४ आउँदै गरेको उल्लेख गर्दै अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै नपुग्ने उल्लेख गरे । उनले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएको बताए । 


    प्रतिक्रिया दिनुहोस