शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • प्रहरीमा ३० वर्षे सेवा अवधी हटाउन सर्वोच्चको आदेश


    हुलाक प्रेस

    • बिहीबार , भदौ ६ २०८११०:३५
    प्रहरीमा ३० वर्षे सेवा अवधी हटाउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधि हटाउन आदेश दिएको छ । आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

    ट्राफिक प्रहरी प्रमुख समेत रहेका एसएसपी जीवनकुमार श्रेष्ठसहितले वारिसमार्फत बुधबार दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलको इजलासमा सुनुवाइ भएको थियो । 

    उक्त सुनुवाइपछि सर्वोच्चले ३० वर्षे हटाउन अन्तरिम आदेश जारी गरेको छ । आदेशससँगै १ सय ८ जना नेपाल प्रहरी र शसस्त्र प्रहरीको जागिर पनि जोगिने भएको छ ।

    नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाश दिने व्यवस्था रिट दायर भएको मितिबाटै लागू नहुनेगरी प्रबन्ध गर्न उनीहरूले आदेश माग गरेका थिए । त्यस्तै, रिटमा अध्यादेशमार्फत यो व्यवस्था ऐनमा समावेश गर्नपर्ने माग उनीहरूले राखेका थिए । 


    प्रतिक्रिया दिनुहोस