बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतीय प्रधानमन्त्री मोदी शुक्रबार युक्रेन जाँदै


    हुलाक प्रेस

    • शुक्रबार, भदौ ७ २०८१०८:१३
    भारतीय प्रधानमन्त्री मोदी शुक्रबार युक्रेन जाँदै

    वार्सा । पोल्याण्ड भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेन पुग्दैछन् । युक्रेनमा ‘राष्ट्रिय झण्डा दिवस’ शुक्रबार मनाइँदैछ ।

    रुस र युक्रेनबिच युद्ध सुरु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको यो पहिलो युक्रेन भ्रमण हो । यो भ्रमणको करिब डेढ महिनाअघि उनी रुसको भ्रमणमा पनि गएका थिए ।

    युक्रेनमा पुग्नुअघि मोदी पोल्याण्डमा रोकिएका थिए । पोल्याण्डको राजधानी वार्सामा भारतीयहरूलाई सम्बोधन गर्दै उनले भने, ‘हामी बुद्धमा विश्वास गर्ने र युद्धमा विश्वास नगर्ने जनता हौँ ।’

    उनले भारतले यस क्षेत्रमा शान्तिको वकालत गर्ने पनि बताए । ‘यो युद्धको युग होइन भन्ने हाम्रो धारणा स्पष्ट छ,’ उनले थपे ।
    रुस भ्रमणका क्रममा उनले भारत युद्धको शान्तिपूर्ण समाधानको पक्षमा रहेको र रहिरहने बताएका थिए । साथै उनले यो प्रयासमा सहयोग गर्न भारत तयार रहेको पनि जानकारी दिएका थिए ।


    प्रतिक्रिया दिनुहोस