शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै


    हुलाक प्रेस

    • शुक्रबार, भदौ ७ २०८१०८:३६
    कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

    काठमाडौं । गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

    अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरुले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ ।

    महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डाका अतिरिक्त परिमार्जनसहित पेश भएका महासमिति बैठकका प्रतिवेदन माथि पनि बैठकमा छलफल हुँदै आएको छ ।

    उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको सांगठनिक र अर्का महामन्त्री विश्व प्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने एक नेताले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस