शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • रामेछापमा पहिरो, दुई जनाको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, भदौ ९ २०८१०८:१९
    रामेछापमा पहिरो, दुई जनाको मृत्यु

    काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, लेकखर्कमा पहिरोमा परी दुईजनाको मृत्यु भएको छ ।

    शनिबार राति वर्षापछि आएको पहिरोमा परी दुईजनाको शव भेटिएको र केही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।

    पहिरोले चार वटा घर बगाएको छ । अधेरी खोलाको पुल समेत बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको उनले बताए ।


    प्रतिक्रिया दिनुहोस