शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • महेन्द्रनगरबाट आउँदै गरेको बस नारायणगढ–मुग्लिन सडकमा दुर्घटना


    हुलाक प्रेस

    • आइतबार, भदौ ९ २०८१०९:१४
    महेन्द्रनगरबाट आउँदै गरेको बस नारायणगढ–मुग्लिन सडकमा दुर्घटना

    चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।  

    महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । 

    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । 


    प्रतिक्रिया दिनुहोस