शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • रामेछाप पहिरोमा बेपत्ता ६ जनाको शव भेटियो


    हुलाक प्रेस

    • आइतबार, भदौ ९ २०८११०:३२
    रामेछाप पहिरोमा बेपत्ता ६ जनाको शव भेटियो

    काठमाडौं । रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति पहिरोमा परेर बेपत्ता भएकामध्ये एक शिशुसहित ६ जनाको शव फेला परेको छ। 

    ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ, ५७ वर्षीया उर्मीला पहरी, ३० वर्षीय सञ्जिव पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षकै विज्ञान पहरीको शव भेटिएको हो। 


    प्रतिक्रिया दिनुहोस