बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • तिहारको भाइटीकासम्म कस्तो रहला मौसम ?


    हुलाक प्रेस

    • आइतबार, कात्तिक २६ २०८००९:५९
    तिहारको भाइटीकासम्म कस्तो रहला मौसम ?

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (२६ गते), २७ गते, २८ गते र २९ गतेका दिनहरूमा कोशी, बागमती, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ भने देशका बाँकी बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने देखिन्छ। 

    तिहार विशेष मौसम बुलेटिनमा अगाडि भनिएको छ– ‘साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने देखिन्छ।’

    महाशाखाका अनुसार भूकम्प प्रभावित सुदूरपश्चिम, कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आगामी केही दिनसम्म आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिन्छ। साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ। साथै उक्त दिनमा उक्त प्रदेशमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने देखिन्छ।

    मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ भने यतिबेला (आइतबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

    महाशाखाका अनुसार आजदेखि ३ दिनसम्म मौसम यस्तो रहने सम्भावना छ– 

    कात्तिक २६ गते आइतबार (आज)
    दिउँसो ː कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

    कात्तिक २७ गते सोमबार
    दिउँसो ː देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

    कात्तिक २८ गते मंगलबार
    दिउँसो ː देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति : कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


    प्रतिक्रिया दिनुहोस