शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • इजरायलले लेबनानमा आक्रमण गर्‍यो


    हुलाक प्रेस

    • आइतबार, भदौ ९ २०८११०:३८
    इजरायलले लेबनानमा आक्रमण गर्‍यो

    काठमाडौं । इजरायली सेनाले आफ्नो लडाकु विमानले लेबनानमा रहेको हिजबुल्लाहको स्थानमा आक्रमण गरिरहेको बताएको छ ।

    इजरायलले हिजबुल्लाहको मिसाइल र रकेट फायरिङ गतिविधि पत्ता लागेपछि यो कदम चालेको जनाएको छ ।

    इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले भने- हामीले हिजबुल्लाहको मिसाइल र रकेट आक्रमणलाई पन्छाउन आत्मरक्षाका लागि लेबनानमा आक्रमण गरेका छौँ ।

    इजरायलले लेबनानमा आक्रमण गर्नुअघि सर्वसाधारणलाई हिजबुल्लाह क्षेत्रबाट तुरुन्तै बाहिरिन चेतावनी दिएको पनि बताएको छ ।

    करिब तीन दिनअघि इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका १० वटा स्थानलाई निशाना बनाएको थियो । इजरायली लडाकु विमानहरूले लेबनान भित्रका हतियार भण्डार र सैन्य भवनहरूलाई निशाना बनाएका हुन् ।

    लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ । जवाफमा हिजबुल्लाहले गोलान हाइट्स क्षेत्रमा ५० भन्दा बढी मिसाइल प्रहार गरेको थियो ।

    हिजबुल्लाहले आफ्ना सैन्य कमान्डर  फुआद शुक्रको हत्याको बदला लिन इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको बताएको छ । यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मन्त्रिपरिषद्को आपत्‌कालीन सुरक्षा बैठक बोलाएका छन् । बीबीसी

     


    प्रतिक्रिया दिनुहोस