शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • मर्स्याङ्दीमा खसेको बस निकाल्न मुग्लिन–ऑबुखैरेनी सडकखण्ड चार घण्टा बन्द


    हुलाक प्रेस

    • सोमबार, भदौ १० २०८१०९:४६
    मर्स्याङ्दीमा खसेको बस निकाल्न मुग्लिन–ऑबुखैरेनी सडकखण्ड चार घण्टा बन्द

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा अवरुद्ध हुने भएको छ । ऑबुखैरेनी २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि सोमबार बिहान ६ः३० देखि चार घण्टा उक्त सडक अवरुद्ध हुन लागेको हो ।

    राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिएपनि दश मिटरमात्रै तानिएको उनको भनाइ छ । उनले भने, “सडक बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले चार घण्टा सवारी आवागमन रोकिनेछ ।“ 

    पोखराबाट काठमाडौंतर्फ जॉदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस


    प्रतिक्रिया दिनुहोस