शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • प्रस्तावित राजदूतविरुद्ध परेका ९ वटा उजुरी भोलि खोलिँदै


    हुलाक प्रेस

    • सोमबार, भदौ १० २०८११२:१६
    प्रस्तावित राजदूतविरुद्ध परेका ९ वटा उजुरी भोलि खोलिँदै

    काठमाडौँ । १७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेको छ । उनीहरूविरूद्ध परेको उजुरी मंगलबार बस्ने समितिको बैठकमा खोलिँदैछ ।

    प्राप्त जानकारी अनुसार ९ मध्ये दुई वटा उजुरी इमेलबाट प्राप्त भएका हुन् भने ७ वटा उजुरी उजुरीकर्ताले संसद सचिवालयमै पुगेर दर्ता गराएका छन् । 

    साउन १४ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत सिफारिस गरेको थियो । तर‚ साउन २९ मा बसेको संसदीय सुनुवाइ विशेष समितिले १० दिनको समय दिएर १७ देशमा प्रस्तावित राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको थियो । अस्ट्रेलियाका लागि सिफारिस भएकी कान्ता रिजालको नाम उजुरी आह्वानको सूचनामा प्रकाशित भएन । 

    सरकारले राजदूत सिफारिसबारे संसदलाई जानकारी पठाएपछि सुनुवाइ समितिले प्रस्तावित राजदूतविरुद्ध सार्वजनिक सूचना जारी गरी उजुरी मागेको थियो । सोही आधारमा सुनुवाइ समितिमा ९ वटा उजुरी परेका हुन् । 


     


    प्रतिक्रिया दिनुहोस